खोटाङको प्रसिद्ध हलेसी मन्दिर दर्शनार्थीकालागि खुला

खोटाङको प्रसिद्ध हलेसी मन्दिर दर्शनार्थीकालागि खुला

काठमाडौं – खोटाङको प्रसिद्ध हलेसी महादेवकाे मन्दिर आजदेखि सर्वसाधारण दर्शनार्थीका लागि खुला गरिएको छ । कोरोना महामारीका कारण गत बैशाख महिनादेिख बन्द रहेको हलेसी मन्दिर आजदेखि खुला गरिएको हो ।

कोभिडसम्बन्धी ताेकिएकाे स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सर्वसाधारणले पूजाआजा गर्न मिल्नेगरी मन्दिर खुला गरिएको हो ।

जिल्लामा कोभिड-१९ को संक्रमण दर घट्दै गएको तथा संक्रमण दर न्यून रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा संयोजकत्वको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आजदेखि मन्दिर खुला गर्ने निर्णय गरेको हो ।

मन्दिर खुला भएलगत्तै बिहानैदेखि हलेसीमा  स्थानीय भक्तजनहरुबाट उत्साहकासाथ पूजाआजा सुरु गरिएको छ । टाढा टाढाबाट आउने दर्शानार्थीकाे निकै भिडभाड हुने यस हलेसीमन्दिरसँगै गुफा गत १५ वैशाखदेखि बन्द गरिएको थियो ।

लोकप्रिय