कामका आधारमा बजेट चाहियो भन्दै पलाँता गाउँपालिकाका अध्यक्ष राजधानी आएर यसरी गर्जिए

कामका आधारमा बजेट चाहियो भन्दै पलाँता गाउँपालिकाका अध्यक्ष राजधानी आएर यसरी गर्जिए

 

काठमाडौ । कालिकोटको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले केन्द्र र प्रदेशले आफूहरुलाई पर्याप्त बजेट नदिएको भन्दै काम कार्यान्वयनको आधारमा भुक्तानी हुनुपर्ने बताएका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष बमले समयको आधारमा नभई कामको आधारमा बजेट छुट्याइनुपर्नेमा जोड दिए ।
बमले सरकारका तीन तहले जनताको जनजीविकाको विषयमा सम्बोधन नगरेको बताए । उनले भने–‘देशभरका जनता पार्टीको मात्र नभएर सबैको साझा हुन्, काखा र पाखा गरेर छुट्याउन पाइँदैन ।’
उनले आफ्नो गाउँपालिकालाई छुट्याइएको साँढे दुई करोड रकमबाट कोभिड नियन्त्रण विपद्को लागि मात्र १ करोड रुपैयाँ बजेट खर्चिएपछि विकासको काम अगाडि बढाउन नसकेको स्पष्ट पारे ।
उनले कोरोना विपद्को कारण गाउँपालिकालाई साँढे ३ करोड घाटा लागेको जानकारी गराउँदै भने,–‘समयको आधारमा नभई कामको आधारमा बजेट छुटउनुपर्छ ।’ उनले कैयांै स्थानीय तहमा कामै नभएर बजेट फ्रिज भएको समेत सुनाए । उनले प्रदेश सरकार र संघ सरकारलाई यसको बारेमा जानकारी दिएको बताए ।
अध्यक्ष बमले आफ्नो गाउँपालिकालाई संघ सरकारमार्फत २४ करोड विनियोजन भएको उल्लेख गर्दै भने, ‘संघले २४ देखि ३० करोड रुपैयाँसम्म दिन सक्छ, तर हामीलाई पर्याप्त दिइएन ।’
बजेट निकासा दिने क्रममा पुरानो संचालन व्यवस्थाले कतै न कतै असर गरेको उनको भनाई थियो । जेठमा ल्याइने बजेट असार मसान्तमा जाने हुँदा करोडौं बजेट फ्रिज हुने सम्भावना बढी हुने बमले जिकिर गरे ।
उनले सरकारलाई मुल समस्याको पहिचान गरी समाधानमा केन्द्रित हुन समेत आग्रह गरे । असाढ मसान्तसम्ममा ढिलो गर्दा बजेट फ्रिज हुने र डकुमेन्ट मिलाएर खाने विधिलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । फागुन महिनासम्ममा नै बजेट निकासा गरी सक्नुपर्ने उनको भनाई थियो । ‘अबको बजेट उत्पादनमुखि हुनुपर्छ,’उनले भने ।

लोकप्रिय