देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई

देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा प्रचण्डलाई

काठमाडाैँ-नेकपा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा दिएको छ ।

सरकारमा कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले प्रचण्डलाई दिएको हो ।

सरकारको विषयमा काँग्रेससँग थप छलफल गर्ने निर्णय भएको र मन्त्री तोक्न सकेसम्म अर्को स्थायी कमिटीको बैठक बोलाउने, नभ्याइए अध्यक्षले नै टुंगो लगाउने निर्णय भएको छ ।’

बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने परमादेश दिने सर्वोच्च अदालतलाई धन्यवाद पनि दिएको छ ।

त्यसैगरी गठबन्धन सरकार सञ्चालनका विधि र प्रक्रियाबारे काँग्रेससँग थप छलफल गर्ने निर्णय समेत भएको छ।

लोकप्रिय