बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक: उमेश श्रेष्ठको बिषयमा कुरा उठ्याे

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक: उमेश श्रेष्ठको बिषयमा कुरा उठ्याे

काठमाडौं-आज विहान ९ बजे देखी नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवाको निवास बुढानिलकण्ठमा जारी रहेको छ । बैठक आज विहान बिहान ९ बजे बसेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा १४ औं महाधिवेशनको तयारीका बिषयमा छलफल जारी रहेको छ।

छलफलमा देउवाले हालै नियुक्त गरेका स्वास्थय राज्यमन्त्री उमेश श्रेष्ठको बिषयमा पदाधिकारीले कुरा उठाएका छन् ।

साथै आजको बैठकले महाधिवेशन बारे थप निर्णय गर्न सक्ने पनि पौडेलले जानकारी दिएका छन् । यसअघि शनिबार बसेको पदाधिकारी बैठकले साउन १२ का लागि तय वडा तहको अधिवेशन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

यसैबीच कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ । ९८ प्रतिशत काम सकिएपछि पार्टी सभापति देउवालाई प्रतिवेदन बुझाउन लागिएको समिति सचिव केशव रिजालले जानकारी दिए। पदाधिकारी बैठक बस्नुअघि नै सभापतिलाई प्रतिवेदन बुझाउने समितिको तयारी छ।

समितिले असार मसान्तसम्म क्रियाशीलको काम सक्ने समय पाएको थियो। तर सो अवधिमा काम नसकिएपछि समितिले थप १२ दिनको अतिरिक्त समय पाएको थियो।

लोकप्रिय