कसरी पदुवा रानी भनेर चिनिने यी महिलाले आफ्नाे पाद बेचेर लाखाैँ कमाउँछिन् (हेराैँ भिडियो)

कसरी पदुवा रानी भनेर चिनिने यी महिलाले आफ्नाे पाद बेचेर लाखाैँ कमाउँछिन्  (हेराैँ भिडियो)

एजेन्सी । संसारमा मानिसहरु अनाैठाे खालका अनेक कामहरु गरेर पैसा कमाउँदछन् । तर के तपाइ विश्वास गर्नु हुन्छ कोही मानिसले त आफ्नो अपान वायु (गन्हाउने पाद) बेचेर पनि पैसा कमाउन सक्दछ भनेर ? यो त हुनै नसक्ने कुरा हो भन्ने लाग्दछ । तर संसारमा चाहे भने नबिक्ने कुरा के पो रहेछ र ? अमेरिकामा एक महिलले आफूले अपान वायु निस्कासन गरेको भिडियोहरु बिक्री गरेर पैसा कमाइरहेकी छिन् ।

३१ वर्षकी लुश बोटानिस्ट नामकी ती महिलाले आफूले पादेका भिडियोहरु अनलाइनमा बिक्री गर्दछिन् । अनेक पोज, भावभंगी तथा आवाजमा अपानवायु निस्कासन गरेका भिडियोहरु बेचेरै उनले अहिलेसम्म झण्डै ३० लाख रुपैयाँ बराबरको रकम कमाइसकेकी छिन् ।

अपान वायु बिक्री गर्ने लुश इन्टरनेटमा फार्ट क्विन अर्थात् पदुवा रानीको नामले चर्चित छिन् ।

अहिले पादेरै लखपति बनेकी लुशलाई सुरुमा चाहीँ यस्तो काम गर्न सहज महसुस हुँदैनथ्यो । एक अन्तरवार्ताका क्रममा उनले बताए अनुसार एकपटक कसैले उनलाई क्यामराकै अगाडि आवाजसहितको अपानवायु फ्याँक्नका लागि अनुरोध गर्‍यो । साथै त्यस्तो दृश्य आफूले खरिद गर्ने पनि उसले बतायो ।

त्यो आइडिया लुशलाई राम्रै लाग्यो र उनले भने बमोजिम गर्न थालिन् । त्यसपछि उनको काम नै आफूले अपान वायु फ्याँक्दै भिडियोहरु रेकर्ड गर्नु र त्यसलाई अनलाइनमा बिक्री गर्नु बनेको छ ।

लुशको एउटा त्यस्तो भिडियोको सामान्यतया मूल्य १७५ अमेरिकी डलर अर्थात् झण्डै २० हजार रुपैयाँ पर्दछ । उनले अपानवायु फ्याँकेको भिडियोको माग तथा लोकप्रियता जबरजस्त भएकै कारण एउटा उनको भिडियो ४ हजार डलरमा बिक्री भएको थियो ।

लुशका अनुसार उनले तीन वर्षदेखि यस्तो पाद्ने व्यवसाय गरिरहेकी छिन् । ग्राहकको माग बमोजिम आफूले भिडियो तयार पारेर बेच्ने गरेको उनी बताउँछिन् ।

उनको पेसा आफ्नो पेटको ग्याँस बेच्ने भएपनि उनको शौख भने बगैँचा तथा बागबानीमा छ । उनी आफ्नो घरको बगैँचामा समय बिताउन तथा त्यसको हेरचाह गर्न मन पराउँछिन् ।

लोकप्रिय