एमसीसीले आफ्नाे पक्षमा माहोल बनाउन पत्रकारलाई पैसा बाँडेको हो ? यस्ताे आयाे आधिकारिक जानकारी

एमसीसीले आफ्नाे पक्षमा माहोल बनाउन पत्रकारलाई पैसा बाँडेको हो ? यस्ताे आयाे आधिकारिक जानकारी

काठमाडौं,भदाै ३० – अमेरिकी नेपाल सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले बिभिन्न सामाजिक सञ्जालमा अहिले बाणकाे बर्षा भए झैँ आइरहेका अतिरञ्जित तथा असत्य सन्देशप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत भदौ २३ गते ट्वीटरमार्फत एमसीए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टको नक्कली हस्ताक्षर प्रयोग गरी सार्वजनिक भएको सामग्री पूर्णरुपमा भ्रामक भएको एमसीए–नेपालले जनाएको छ ।

सामग्रीमा एमसीए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीबीच भएको भर्चुअल बैठकमा कम्प्याक्ट अनुमोदनका पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको उल्लेख गरिएको थियो ।

त्यसका लागि कतिपय अखबार तथा टीभीलाई परिचालन गर्ने निर्णय भएको दाबीसहित नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग भएको एमसीए–नेपालले जनाएको छ ।

सरकारले एमसीसीलाई सोधेका प्रश्नको जवाफ प्राप्त हुनुभन्दा पहिला ती सामग्री सामाजिक सञ्जालमा राखिएको थियो । एमसीए–नेपालले सामाजिक सञ्जालमार्फत नै खण्डन गरिसक्दा पनि भ्रामक सामग्री अझै सम्प्रेषण भइरहेको जनाएको छ ।

एमसीएले ती सामग्रीमा कुनै सत्यता नभएको जनाएको छ । एमसीएले भ्रामक सामग्रीमा प्रयोग गरिएको जस्तो लेटरहेड कहिल्यै प्रयोग नगरेको र दस्तावेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक बिष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको भन्दै सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानूनी कारबाही अगाडि बढाउन पहल गरिसकेको जनाएको छ ।

एमसीएले सामाजिक सञ्जालको दुरुपयोग गरी जनसाधारणबीच भ्रम फैलाउने खालका असत्य जानकारी सम्प्रेषण गर्ने प्रवृत्तिको गम्भीर भत्र्सना गर्दै त्यस्ता सूचनाप्रति सजग रहन आम नागरिकसँग आग्रह गरेको छ । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

लोकप्रिय