कौशलटारमा गणेशमान र जगन्नाथकाे चर्चा

कौशलटारमा गणेशमान र जगन्नाथकाे चर्चा

भक्तपुर । मध्यपुर नगरपालीका वडा नं ३काे कुशल भैरव परिसरमा नव निर्मित वडाकार्यालय भवनको एक समारोहकाबिच नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाश मान सिंहले उद्घाटन गर्नु भएकाे छ ।

एक करोड उनासिलाख रुपैँयाको लागतमा निर्मित भवन कोरोना कहर कै बिच निर्माण सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रम पश्चात स्थानिय white house party place कौशलटारमा भएको कार्यक्रममा काँग्रेस नेता सिंहले जन प्रतिनिधीहरुलाइ बिधिको शासनलाई स्वीकार गर्न सल्लाह दिनुभएकाे छ । उहाले बिधिको ख्याल नगर्दा दम्भ पलाउने र केपी वलीकाे जस्तो हालत हुनसक्ने स्मरण समेत गराउनु भएकाे छ ।

उहाले जन प्रतिनिधीहरु अहोरात्र जनताको सेवामा समर्पित हुनुपर्ने समेत बताउनु भयो । कार्यक्रममा शुभकामना मन्तब्य दिंदै मध्यपुर नपाका मेयर मदन सुन्दर जुगलु श्रेष्ठले’ उपत्यकाकाे शान प्रकाश मान’ भन्दै काँग्रेश नेता प्रकाशमानको प्रशंसाबाट मन्तब्य सुरू गर्नु भउकाे थियाे ।

मन्तब्यमा उहाले मध्यपुर नगरपालीकाका गतिबिधि माथी प्रकाश पार्नु भयो । बिनु केसीकाे स्वागत मन्तब्य बाट सुरू भएको उक्त कार्यक्रममा मध्यपुर नपाको उपमेयर अन्जना मधिकर्मिले शुभकामना मनतब्य दिनु भएको थियो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेशका नेता अष्ट कबिले छिटै सर्वोच्च नेता गणेशमान र भक्तपुरबाट पहिलो र आज सम्मका एकमात्र निर्वाचित भएर मन्त्री भएका क्रान्तिकारी नेता जगन्नाथ आचार्यको शालिक राखिने वताउनुभयो ।

उद्घाटन समारोहका सभापती तथा वडा नं तीनका वडाअध्यक्ष प्रेम कुटुले छिटै वडाकार्यलय परिसरमा सर्वोच्च नेता सिंह र जगन्नाथको शालिक राख्ने बताउँनु भयाे । उहाले गरिब तथा जेहेन्दार विद्यार्थीको छात्रबृति कोष स्थापनाको लागी आफुले पाँच बर्षमा नगरपालीकाबाट पाउने पारिश्रमिक अक्ष्य कोषमा जम्मा गर्ने घोषणा गर्नु भयो ।

लोकप्रिय