कोरोनाभाइरसको संक्रमण पछी अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढ्याे

कोरोनाभाइरसको संक्रमण पछी अस्पताल भर्ना हुने बालबालिकाको संख्या ह्वात्तै बढ्याे

काठमाडाैँ-कोरोनाभाइरसको संक्रमणका कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको छ।

१२ वर्षमुनिका बालबालिकाका लागि खोप नभएको र निकै संक्रामक डेल्टा भेरियन्टको संक्रमणको कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या बढेको हो ।

अमेरिकाभरि अहिले झन्डै २ हजार बालबालिका कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन्।

समाचार संस्था रोयटर्सका अनुसार अहिले अमेरिकामा कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेहरूमध्ये बालबालिकाको संख्या २.४ प्रतिशत छ।

‘यो पोहोर सालको जस्तो कोरोना होइन। यो निकै डरलाग्दो छ र हाम्रा बच्चाहरू यसबाट धेरै प्रभावित हुँदैछन्,’ अमेरिकन एकेडेमी अफ पेडियाट्रिककी पूर्वअध्यक्ष स्याली गोजाले भनेकी छन्।

यसअघि बालबालिकामा कोरोनाभाइरसको कमै संक्रमण हुने र संक्रमण भए पनि जटिलता कम हुने विश्वास गरिन्थ्यो।

बालबालिकासँगै संक्रमित भएर अस्पताल भर्ना हुने युवाहरूको संख्या पनि अमेरिकामा बढेको छ। अमेरिकामा संक्रमण फेरि फैलिनुमा मानिसहरूले खोप लगाउन नमान्नु प्रमुख कारण हो।

अहिलेसम्म अमेरिका ५० प्रतिशत मानिसहरूले मात्र पूर्ण खोप लगाएका छन् भने ५९ प्रतिशतले एक डोज खोप लगाएका छन्। अमेरिकामा खोप सर्वसुलभ भए पनि मानिसहरू खोप लगाउन मान्दैनन्।

खोप लगाउन प्रोत्साहन गर्न संघीयदेखि स्थानीय सरकारले विभिन्न योजनाहरू ल्याए पनि ती प्रभावकारी देखिएका छैनन्।

लोकप्रिय