रेशम चौधरी जसपामै रहने: महन्थ ठाकुर पक्षलाई कारवाही

रेशम चौधरी जसपामै रहने: महन्थ ठाकुर पक्षलाई कारवाही

काठमाडाैँ-रेशम चौधरी जनता समाजवादी पार्टी ९जसपा० नेपालमा नै रहने भएका छन् । पार्टीको कार्यकारिणी समिति सदस्य रहेका चौधरीलाई कारवाही गर्ने वा नगर्ने बारे आज पार्टीको बैठकमा छलफल भएको र चौधरीलाई फोन गरेर सोध्दा चौधरीले जसपाको मूलधारमा नै रहने निर्णय गरेको कार्यकारिणी समिति सदस्यले बताएका छन् ।

पार्टीको आधिकारिकताका लागि भएको ‘हेड काउन्ट’ मा चौधरी तटस्थ बसेका थिए ।

रेशमको जवाफपछि चौधरीलाई पार्टीको कार्यकारिणी समितिमा कायम गरिएको छ । निर्वाचन आयोगले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको आधिकारिकता दिएपछि यादवले महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई कारवाहीको प्रक्रिया थालेका छन् ।

लोकप्रिय