सुर्यविनायक ७ मा सरसफाई कार्यक्रम सम्पन्न

सुर्यविनायक ७ मा सरसफाई कार्यक्रम सम्पन्न

भक्तपुर-नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनपा ७, गुण्डुको सुर्य बिनायक ग्रिनल्याण्डमा सामुहिक रुपमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार तरुण दल सुनपा ७ का सभापति दुर्गेन्द्र कोँजुको पहलमा झण्डै १ सय जना नेता तथा कार्यकर्ताहरुको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको थियो ।

स्थानीय मन्थली क्षेत्र, ठुलोखोलाचैर, भाल्डोल, ठुलोसिम र लिखानारायण मन्दिर आसपास प्लाष्टिक र सिसा एवं बियरको बोतलहरु संकलन गरिएको सभापति कोँजुले बताए । तरुण दलले यस अगाडी पनि उक्त क्षत्रमा सफाई कार्य गरेको थियो ।

अन्य दलका कार्यकर्ता जनतासंग खुकुरी मागेर आफ्नै दलका नेतालाई छप्काउने उद्घोष गरिरहेका बेला कांग्रेस निकट संघ संगठन भने सर सफाईलगायतका सामाजिक क्षेत्रमा क्रियाशिल हुनुले समाजमा सकारात्मक सन्देश प्रवाह हुने नेता हरि बहादुर खडका बताउँछन् ।

सरसफाई कार्यक्रममा राम कुमार नगरकोटी, रामचन्द्र नगरकोटी र बिनय नगरकोटीले कडा श्रम गरेका थिए । लक्ष्मण थापा, सुमन बस्नेत, तीर्थमान तामाङ्ग, बिनोद बिष्ट, कृष्ण प्रसाद वाग्ले, श्रीराम वाग्ले, शंकर गिरी र फलेन्द्र कार्कीहरु हातमा ग्लोव लगाएर फोहोर व्यवस्थापनमा जुटेका थिए ।

गौरी श्रेष्ठ (कटुन्जे), घनानाथ मिश्र (सिरुटार) र सुनपाका कांग्रेस उपसभापति रबी राणा, सुनपा ७ का सभापति मणिराम वाग्ले, नेपाली कांग्रेसका चर्चित नेता भेष बहादुर कार्की लगायत कार्यक्रममा स्थानीय प्रहरी र युवाहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

त्यसोत, ग्रीनल्याण्डको नामले काठमाण्डौका युवा युवती माझ टिकटकमा अत्यन्त भाईरल सुर्य बिनायक जंगलको उक्त क्षेत्र प्राणी उधानले कब्जा जमाए पनि सरसफाईमा कुनै चासो राखेको पाईंदैन । न त सयौं मोटर, मोटर साईकल र जंगल घुम्न पैदल आउनेहरुले फालेको फोहरको ब्यबस्थापनमा नगरपालिकाले नै गंम्भिर भएर उचित ब्यबस्था गरेको छ ।

लोकप्रिय