उपसचिव शेरबहादुर बिसी सम्मानित
ललितपुर । नेपाल सरकारका उपसचिव शेरबहादुर बि.सी. एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२५ बाट सम्मानित भएका छन्। ललितपुरको पुल्चोकस्थित द प्लाजामा हालै आयोजित समारोहमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बि.सी.लाई उक्त अवार्ड प्रदान गरेका हुन्।
सिजन मिडिया प्रा.लि.को आयोजना रहेको सो कार्यक्रम एशियाभर समाजमा असाधारण योगदान पुर्याउँदै प्रेरणादायी भूमिका निर्वाह गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मानित गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
नेपाल, भारतसहित विभिन्न मुलुकका प्रतिष्ठित पाहुनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा बिसीसहित थुप्रै व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो।
बि.सी.ले सरकारी सेवामा कुशल नेतृत्वदायी भूमिका खेलेस्वरुप सम्मानित भएका हुन् । टोखा नगरपालिकामा २९ महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दा उनले १४ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण, आन्तरिक स्रोत वृद्धि, सूचना–प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रवाह, विष्णुमती नदी सरसफार्इ अभियानलगायत महत्त्वपूर्ण उपलब्धि हासिल गरेका थिए। यिनै योगदानका कारण उनलाई यस वर्षको एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरिएको जनाइएको छ ।


प्रतिकृया दिनुहोस्