चीनले विजय दिवस मनाउँदा अमेरिकालाई छट्पटट्टी, ट्रम्मले दिए यस्तो अभिव्यक्ति

चीनले विजय दिवस मनाउँदा अमेरिकालाई छट्पटट्टी, ट्रम्मले दिए यस्तो अभिव्यक्ति

 

काठमाडौं । चीनले दोस्रो विश्वयुद्धको विजयको वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेपछि ट्रम्पले आत्तिएको छ ।
पछिल्लो समय आर्थिक उन्नतिको पथमा हिँडिरहेको चीनले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनलाई समेत विशेष अतिथि बनाउँदै विशाल शैन्य परेडमा समेत सहभागि गराएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले यस प्रकारको गतिविधि गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
चीनले आयोजना गरेको परेडमा विभिन्न २६ राष्ट्रका प्रमुखहरू सहभागी भएका थिए । चीनले विश्वका नेताहरूलाई साथमा लिएर शक्ति प्रदर्शन गरिरहँदा ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत टिप्पणी गर्दै अमेरिकाविरुद्धको षडयन्त्र भनेका हुन् । ‘भ्लादिमिर पुटिन र किम जोङ उनलाई मेरो हार्दिक अभिवादन पुर्‍याइदिनुहोस्, तपाईंहरू अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहनु भएको छ’, उनले लेखेका छन् ।

लोकप्रिय