फोनपोइन्टसँग इसेवाको प्रारम्भिक साझेदारी

फोनपोइन्टसँग इसेवाको प्रारम्भिक साझेदारी

 

काठमाडौ । फोनपोइन्ट एक एकृकीत लौयल्टी म्यानेजमेन्टप्लेटफर्म हो जसद्वारा व्यवसायहरुले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै अद्भुत व्यवसायीक अनुभव प्रदान गर्न सक्छन् ।
प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेकोे प्वाइन्टस्लाई एकै ठाउँबाट सजिलै हेर्न र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरु अवलोकन गरि तिनको उपभोगगर्ने अवसर फोनपोइन्टले प्रदान गर्दछ ।
फोनपोइन्टका प्रयोगकर्ताहरूले विभिन्न व्यवसायीकपार्टनरहरूसँग संलग्न भएर लौयल्टी प्वाइन्टस् (जसलाई फोनपोइन्ट पनि भनिन्छ आर्जन गर्न सक्नेछन् । फोनपोइन्ट ले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरुबाट आर्जन गरेको लौयल्टी प्वाइन्टस्लाई एक ठाउँमा एकृकीत गर्दछ, जसले प्रयोगकर्तालाई ती प्वाइन्टहरुप्रयोग गरि आर्कषक अफर, छुट तथा उपहारहरु प्राप्त गर्ने अवसर प्रदान गर्दछ ।
नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवाले फोनपोइन्टसँग सहकार्य गर्ने निर्णय गरेको छ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने हेतु नियमित प्रयोगकर्ताहरूलाई दिईने लौयल्टी प्वाइन्टस्लाई एकीकृत गर्ने विकल्प दिइएको छ । एकीकृत गरिएका लौयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन, र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीपछिको लक्ष्य रहेको बताइएको छ ।
फोनपोइन्टको सुरुवात सँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरूप्रति अझ बढी आकर्षित गर्न खोजेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइथप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य समेत राखिएको छ । फोनपोइन्टका सिइओ सागर पौडेलको अनुसार, यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ ।

लोकप्रिय