सहकारी व्यवस्थापनका लागि ७ लाख ५० हजार बजेट पाँच जनाको भागमा

सहकारी व्यवस्थापनका लागि ७ लाख ५० हजार बजेट पाँच जनाको भागमा

काठमाडौं । केन्द्रीयस्तरका सहकारी संस्थाको सम्पत्ति तथा दायित्वको विवरण संकलन गर्नका लागि विशेषज्ञ सेवकको प्रस्ताव आह्वान गरिएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट समस्याग्रस्त घोषणा भएपनि दायित्व फरफारक हुन बाँकी सहकारी संस्थाको सम्पत्ति र दायित्वको मूल्यांकन गर्नका लागि आइतबार सुचना प्रकाशित गर्दै विशेषज्ञ आह्वान गरेको हो ।

विशेषज्ञका लागि ७ लाख ५० हजार बराबरको अधिकतम लागत निर्धारण गरिएको छ । सोही बजेटभित्र ३ महिनाको लागि पाँच जनाले विशेषज्ञ सेवा उपलब्ध गराउनु पर्ने गरी प्रस्ताव माग गरिएकोले १५ दिनको समय दिएर आह्वान गरिएको प्रस्ताव अन्तर्गत ५ जना विशेषज्ञले ३ महिनाभित्र आफ्नो सम्पूर्ण विवरण व्यवस्थित गरी समितिलाई दिनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तो विवरण गोप्य हुने भएकोले समितिको कार्यालयमा, कार्यालय समयभित्र बसेर मात्रै सम्पन्न गर्नुपर्ने सर्त तोकिएको छ । रकम नबढ्ने गरी कम रकम बोलकबोल गर्नेले जिम्मेवारी प्राप्त गर्ने जनाइएको छ । साथै सो रकममा आवश्यक कर समेत कट्टि गरिने जनाइएको छ । परामर्शदाता बन्नको लागि सहकारी संस्थाको लेखापरीक्षण गरेको हुनुपर्ने न्यूनतम योग्यता निर्धारण गरिएको छ ।

लोकप्रिय