सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड

सेयर किनबेच चार कारोबार ३ अर्ब ७५ करोड

काठमाडौं, साउन १७, नेप्से १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
बिहीबार ३ अर्ब ३८ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब ७५ करोड रूपैयाँ पुगेको छ ।
यसदिन ३३७ वटा धितोपत्रको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर किनबेच भएको हो ।
आज १८० कम्पनीको सेयरमूल्य बढेको छ भने ८२ वटाको घटेको छ। यस्तै १३ कम्पनी स्थिर छन् ।
एभरेस्ट कलरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ ।
उक्त कम्पनीको मूल्य एक हजार ३०९ रूपैयाँ ३० पैसा पुगेको छ ।
यस्तै, लक्ष्मी भ्यालु फण्डको मूल्य ८ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ८६ पैसा कायम भएको छ ।
यसैगरी, बोटलर्स नेपाल तराईकोे मूल्य सर्वाधिक ५.३३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ११ हजार रूपैयाँमा झरेको छ ।
यसैगरी, कालिन्चोक हाइड्रोपावरको मूल्य ३.५५ प्रतिशतले घटेर कित्ता मूल्य ८७० रूपैयाँमा सीमित भएको छ ।
शुक्रबार रिडी पनवरको सर्वाधिक कारोबार भएको छ ।
उक्त कम्पनीको प्रतिकित्ता ३७० रूपैयाँमा १७ करोड २६ लाख बराबरको सेयर कारोबार भएको हो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.९३ प्रतिशत बढेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ग्लोबल आइएमई बैंक रहेको छ ।
उक्त कम्पनीको २६२ रूपैयाँमा १५ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।

लोकप्रिय