अर्थमन्त्रीद्धारा लालपुर्जा वितरण
काठमाडौं । रुपन्देहीमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कञ्चन–५, गरगरेका बासिन्दालाई भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरुको रोहबरमा रुपन्देहीको कञ्चन गाउँपालिकाका करिब ५ सय परिवारले एकसाथ लालपुर्जा प्राप्त गरेका छन् ।
लालपुर्जा वितरणमा मन्त्री पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधानमा कन्चन गाउँपालिका रुपन्देहीमै पहिलो बनेको बताए ।
काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सम्म मुलुकभरिका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित जग्गाधनीलाई प्रमाण पुर्जा दिने कार्य सम्पन्न गरिने बताए ।
पौडेलले देशलाई समृद्ध बनाउँदै नागरिकलाई सुखी बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैले साथ दिनुपर्ने तथा समाजमा एकथरी मान्छेहरू नकारात्मक बिचार छर्न क्रियाशील रहेको भन्दै त्यस्ता सोच भएका व्यक्तिको पछि नलाग्न बताए ।


प्रतिकृया दिनुहोस्