वेस्ट इन डिजिटल बैकिङ अवार्ड एनआई सी एशिया बैंकलाई

वेस्ट इन डिजिटल बैकिङ अवार्ड एनआई सी एशिया बैंकलाई

 

काठमाडौ । दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ अन्तर्गतको वेस्ट इन डिजिटल बैकिङ अवार्ड एनआई सी एशिया बैंकले प्राप्त गरेको छ । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैकिङ्गमा अझ बढी उत्पे्ररणा प्रदान गरेको बैँकले भनाई छ ।
इण्डियन चेम्बर अफकमर्सको दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङअन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो । यस अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरुले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफकमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।

 

लोकप्रिय