माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्टमा छुट पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्टमा छुट पाउने

माछापुच्छ्रे बैंक र विग मार्ट प्रा.लिबीच डिजिटल कारोबारलाई प्रवद्र्वनमा प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौता पश्चात देश भरि रहेका विगमार्टका आउटलेटहरुबाट माछापुच्छ«े बैंकका ग्राहकले डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधा पाउनेछन् ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बंैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट विगमार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २ सय सम्मको क्यासब्याक प्रदान हुने बताइएको छ ।
माछापुच्छ्रे बैंकले देशभर रहेका ३ सय भन्दा बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सुविधाले गर्दा डिजिटल कारोबार गर्न प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाहरुलाई व्यापार प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको बैँकले विश्वास लिएको छ ।

 

लोकप्रिय