रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको ७ औ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको ७ औ वार्षिकोत्सवको अवसरमा प्रभातफेरी

 

काठमाडौ । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरेको छ । सो अवसरमा विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराजसम्म पु¥याउन अहम् भूमिका खेल्ने रिलायबल एडभाइजर नियमनकारी निकायहरु, लगानीकर्ता, अहोरात्र कामप्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई हार्दिक आभार व्यक्त गर्दछौ ।
हालसम्मको उपलब्धीबाट हामिलाई थपकार्य गर्नको लागी उर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्तहुने अपेक्षाका साथ समस्त स्टेकहोल्डरबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि गरेका छौ । अगाडी दिनमा हामी सेवा उच्च प्राथमिकता राखी, थपग्राहक मैत्रीभई उत्कृष्ठ कारोबार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।
यस अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्यशाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रमहरुको संक्षिप्त विवरहरु देहाय बमोजिम रहेका छन्
दमक, नारायणगढ, लेखनाथ, वुटवल, नेपालगञ्ज शाखाहरुमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्थास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरी मनाइयो ।

 

लोकप्रिय