सिटिजन्स क्यापिटल लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न

सिटिजन्स क्यापिटल लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । लिमिटेडले आज (सोमबार) वाषर््िाक साधारण सभा सम्पन्न गरेको हो । संस्थाको अठारौं साधारण सभाले आ.व. २०८०/८१ को मुनाफाबाट १५.५०% नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आ.व. २०८१/८२ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थाको नियमावली अनुसार गरिएको संचालकको नियुक्ति अनुमोदन र संचालकहरुको बैठक भत्ता परिमार्जन गरेको छ ।

नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोषको व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), धितोपत्र प्रत्याभूतिकर्ता (अण्डर राइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ ।

काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको लिमिटेडका अध्यक्ष राजेन्द्र लाल क्षेष्ठले जानकारी दिएका छन् ।

लोकप्रिय