निसानको नयाँ गाडी खरिदमा १५लाखसम्म छुट

निसानको नयाँ गाडी खरिदमा १५लाखसम्म छुट

 

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभडिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ ।
नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना चाडपर्वको अवधि भरी लागू हुने कम्पनीले जनाएको छ । ‘निसान फेस्टिभड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउन सकिनेछ । जस अन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ बर्षको सडक कर (रोडट्याक्स), निःशुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टिररू. १५ लाखसम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ ।
निसान म्यागनाइट–एकबिग, बोल्ड, ब्युटिफुलर ‘कारिजम्याटिक’ एस युभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालुरक्लास–लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा, फेस्टिभडिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशत सम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नोरनिङकस्ट’ को मजा लिन सक्नेछन् । त्यसैगरी, निसान एक्स–ट्रेल अझै बिग र बोल्डर इलेक्ट्रिक एस युभि हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्सर, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ । निसान एक्स–ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभडिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नोरनिङकस्ट’को मज्जा लिन सकिने कम्पनीको विश्वास छ ।
यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् । पायोनियर मोटो कर्प यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास राख्दछ र सम्पूर्ण ग्राहकलाई नजिकको निसान सोरुममा भिजिट गरी यो नयाँ योजनाका छुट तथा सुविधाको उपयोग गर्न आह्वान गरेको छ ।
पायोनिर मोटोकर्प र निसानको बारेमा पायोनियर मोटोकर्प प्राइभेट लिमिटेड नेपालको लागि निसान गाडीको एकमात्र आधिकारिक वितरक हो । कम्पनीले निसानको सम्पूर्ण मोडलको गाडीका लागि बिक्री, सर्भिसिङ र पार्टपुर्जा, सुविधा उपलब्ध गराउँदै आएको छ ।

लोकप्रिय