आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैँसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैँसा कायम भएको छ । यसैगरी, युरो एकको खरिदर एक सय ४४ रुपैयाँ १६ पैँसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ७८ पैँसा तोकिएको छ ।

केन्द्रीय बैंकले बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर एक सय ७३ रुपैयाँ २४ पैँसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९८ पैँसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ४४ पैँसा र बिक्रीदर एक सय ५४ रुपैयाँ १० पैँसा निर्धारण गरेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैँसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैँसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६५ पैँसा र बिक्रीदर ९८ रुपैयाँ ०७ पैँसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ०३ पैँसा र बिक्रीदर १०३ रुपैयाँ ४७ पैँसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैँसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १५ पैँसा र बिक्रीदर १९ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैँसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैँसा र बिक्रीदर ३८ रुपैयाँ ४५ पैँसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १७ पैँसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैँसा र बिक्री दर ३१ रुपैयाँ ५७ पैँसा, साउथ कोरियन वन एक सय को खरिददर नौ रुपैयाँ ५९ पैँसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैँसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७६ पैँसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैँसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३२ पैँसा र बिक्री दर १९ रुपैयाँ ४१ पैँसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९२ पैँसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैँसा, कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ ०५ पैँसा र बिक्रीदर चार सय ५४ रुपैयाँ, बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैँसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६२ रुपैयाँ ५६ पैँसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ १२ पैँसा निर्धारण गरेको छ ।

भारतीय रुपैयाँ एक सय को खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैँसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

 

लोकप्रिय