दमौली बजारमा धमाधम कालोपत्र हुँदै

दमौली बजारमा धमाधम कालोपत्र हुँदै

काठमाडौं । दमौली– मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ ।

व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफा सडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको हो । चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना विभागले जनाएको छ ।
पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ । यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ ।

लोकप्रिय