‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न

काठमाडौं । मालिका गाउँपालिका लुक्सीपारमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत ३९ लाख २३ हजारको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । आयोजनाबाट करिब ४०० जना लाभान्वित भएका छन् ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को १७ लाख ७४ हजार ७२९, मालिका गाउँपालिकाको नौ लाख ९५ हजार ५०९ र उपभोक्ताको ११ लाख ५३ हजार २५० बराबरको श्रमदानमा आयोजना सम्पन्न भएको हो ।
मालिका गाउँपालिका र नेवाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१÷०८२ मा मालिका गाउँपालिकामा पात्ले, लुक्सीपार र डाँडागाउँमा तीन वटा खानेपानी योजना निर्माण भएका छन् ।

ती योजनाहरुबाट ४०० परिवार लाभान्वित भएका वडाध्यक्ष मोतीप्रसाद बुढाले बताए । डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुक्सीपार टोलमा खानेपानी सुविधा विस्तार भएको बताएका छन् ।

लोकप्रिय