कुमारी बैंकको भर्चुअल क्रेडिट कार्ड सुरु
काठमाडौं । कुमारी बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । उक्त सेवा बैंकको मोबाइल बैंकिङ्ग एप कुमारी स्मार्टमार्फत सहज रूपमा प्रयोग गर्न सकिने भएको छ ।
भर्चुअल क्रेडिट कार्ड भन्नाले कुनै भौतिक कार्ड नभई डिजिटल रूपमा जारी गरिने क्रेडिट कार्ड हो, जसलाई ग्राहकहरुले आफ्नो कुमारी स्मार्ट एपमार्फत सहजै मोबाईलबाट सुचारु गर्न सकिने छ ।
फोनपेको क्यूआर मर्चेन्टहरुमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकहरुले अधिकतम ४५ दिनसम्म बिना ब्याज (शर्तहरु लागु हुनेछ) उपभोग गर्न सक्नुका साथै सेटलमेन्टमा १० प्रतिशत वा शत प्रतिशत भुक्तानी गर्ने विकल्प समेत छान्न सक्नेछन् ।
विगत २४ वर्षदेखि निरन्तर सेवा दिँदै आएको कुमारी बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिँदै आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सुरक्षित, अत्याधुनिक र प्रभावकारी सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिकृया दिनुहोस्