विश्वभरको जलवायु परिवर्तनमा तीव्र उतारचढाव

काठमाडौं । जलवायु परिवर्तनले धेरै तरिकाले चुनौती थपिरहेको छ ।
समयसँगै यसको अर्को नयाँ प्रवृत्ति पनि देखापरेको छ, त्यो हो तापक्रममा छिटो–छिटो हुने परिवर्तन । वैज्ञानिक अध्ययनबाट के पत्ता लागेको छ भने संसारभर छोटो समयको अन्तरालमै गर्मीबाट जाडो र जाडोबाट गर्मी हुने घटनाहरू बढ्दै गएका छन् ।
यदि विश्वको तापक्रम यसरी छोटो–छोटो समयमा परिवर्तन भइरहे नेपालजस्ता कमजोर राष्ट्रहरू बढी प्रभावित हुनेछन् । किनकी छोटो समयमै अत्यधिक गर्मीबाट अत्यधिक चिसो वा चिसोबाट अत्यधिक गर्मी हुँदा बदलिँदो मौसम अनुसार अनुकूलन हुन गाह्रो हुन्छ ।
यस्ता परिवर्तनले मानव समाजसँगै प्रकृतिमा पनि नकारात्मक प्रभाव बढ्छ । यसले स्वास्थ्य, पूर्वाधार, वनस्पति, कृषि लगायत सबै क्षेत्रमा नकारात्मक असर पर्ने वैज्ञानिकहरुको निष्कर्ष छ ।
चीन, अमेरिका र क्यानडाका विभिन्न संस्थासँग सम्बद्ध वैज्ञानिकहरूले गरेको अध्ययनको निष्कर्षको आधारमा मौसममा अचानक आउने यस्तो परिवर्तनलाई ‘र्यापिड टेम्प्रेचर फ्लिप्स’नाम दिइएको छ ।
प्रतिकृया दिनुहोस्