तेस्राको कार्यकालको इच्छा नभएको अमेरिकी राष्ट्रपति ट्रम्पको जिकीर
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको बताएका छन्।
आइतबार प्रसारित एक अन्तरवार्तामा उनले आफू दुई कार्यकालका लागि आठ वर्षको राष्ट्रपति भएको बताए। ७८ वर्षीय ट्रम्पले अब अर्को कार्यकालमा रुचि नभएको बताएका हुन्। ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको प्रष्ट पारेका हुन्। उनले रिपब्लिकमा नै आफ्नो उत्तराधिकारीको खोजी गर्न थालेका छन्।
उपराष्ट्रपति जेडी भान्स र विदेश मन्त्री मार्क रुबियो मुख्य दाबेदारको रूपमा रहेका छन्। संविधानको २२ औं संशोधनले कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन नपाउने उल्लेख छ।
संविधान परिवर्तनका लागि संसद्को दुई तिहाइको साथ चाहिन्छ। साथै तीन चौथाइ स्थानीय सरकारको समर्थन पनि चाहिन्छ।
ट्रम्पका धेरै समर्थक भने संविधानमा नै छिद्र भएका कारण कानुनी बहसको विषय बनाउन सकिने बताउँछन्। तर ट्रम्पले यो विषय प्राथमिकतामा नरहेको प्रष्ट पारेका हुन्।


प्रतिकृया दिनुहोस्