April 20, 2021, Tuesday
२०७८ बैशाख ७

पौषभित्र साधारणसभा गरिसक्न सहकारीहरुलाई काठमाडौँ महानगरको निर्देशन

पौषभित्र साधारणसभा गरिसक्न सहकारीहरुलाई काठमाडौँ महानगरको निर्देशन

काठमाडौ-काठमाडौं महानगरपालिकाले महानगर कार्यक्षेत्र भित्र संचालनमा रहेका सबै सहकारी संघ संस्थाहरुलाई आगामी पौष मसान्तभित्र साधारण सभा गरिसक्न निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमण र बन्दाबन्दी बहानामा सहकारी संघ संस्थाहरुले चालु आर्थिक वर्ष शुरु भएको पहिलो चौमासिक बितिसक्दा पनि अधिकांसले बार्षिक साधारण सभाको सुरसार सम्म गरेका छैनन् । बिजुली बजारस्थित महानगरको सहकारी विभागले पौष मसान्तभित्र साधारण सभा सम्पन्न गरी त्यसको १५ दिनभित्र प्रतिवेदन पठाउन सहकारीहरुलाई निर्देशन दिएको हो ।

काठमाडौं महानगरलाई कार्य क्षेत्र भएका सहकारीहरुलाई सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै साधारण सभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो ।

सहकारीहरुले साधारण सभा गर्दा (कार्यव्यवस्था निर्देशिका २०७६) बमोजिम तोकिएको गणपुरक संख्या पु¥याएर मात्र साधारण सभा गर्नुपर्नेछ ।
यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सञ्चालक समिति र लेखा समितिका प्रतिवेदनहरु सभामा पर्याप्त छलफल गराउनु पर्छ । यसैगरी यस्ता समितिहरुको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्यहरुकाबीच प्रजातान्त्रिक तरिकाले निर्वाचन गराउनुपर्छ ।

सहकारीका सदस्यहरुको भूमिकालाई साधारण सभामा सक्रिय बनाउन र बित्तिय अनुशासनलाई मर्यादित बनाउन हामीले साधारण सभाका लागि आग्रह गरेका हौं ।

विभागका उपनिर्देशक सुमन अधिकारीले भने, ‘हामीले साधारण सभामा पालना गर्नु पर्ने र प्रतिवेदनमा उल्लेख गर्नु पर्ने आधारभूत कुरालाई बुँदा र तालिकामा दिएका छौं । यसले सूचना संकलनमा एकरुपता कायम हुनेछ ।’

भर्खरै

लोकप्रिय