April 20, 2021, Tuesday
२०७८ बैशाख ७

गाडीको ट्युबमा लुकाइ भर्‍याङमूनि राखेको अबैध मदिरा बरामद

गाडीको ट्युबमा लुकाइ भर्‍याङमूनि  राखेको अबैध मदिरा बरामद

काठमाडौं-गाडीको टायर भित्र राखिने रबरकाे ट्युबमा लुकाइछिपाई राखेको अबैध मदिरा प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी बृत्त कालिमाटीले काठमाडौं १४ कलंकी हनुमान गल्लीस्थित प्रसाईं निवासको भर्‍याङमूनि लुकाइछिपाई राखेको गाडीको ट्युबमा अन्दाजी ३ सय लिटर घरेलु बरामद् गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी प्रमुख डीएसपी अपिल बोहोराले बताए ।

मदिरा फेला पारी नियन्त्रणमा लिई महानगरीय प्रहरी प्रभाग स्युचाटारमा राखिएकोमा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गर्ने कार्य भइरहेको कालिमाटी वृत्तले जनाएको छ ।

त्यस्तै, घरेलु मदिरा अवैध मदिरा नष्ट गर्ने अभियानअन्तर्गत काठमाडौं नागार्जुन नगरपालिका ७,९ र १० को वडा एरियामा महानगरी प्रहरी प्रभाग स्युचाटारबाट एरियामा रहेको विभिन्न होटल तथा भट्टीपसल चेकजाँच गर्दा २ सय लिटर घरेलु मदिरा नियन्त्रणमा लिई स्थानीयको रोहबरमा नष्ट गरिएको उनले बताए ।

भर्खरै

लोकप्रिय