April 20, 2021, Tuesday
२०७८ बैशाख ७

त्रिभुवन विमानस्थलमा हातहतियार सहित एकजना नेपाली पक्राउ

त्रिभुवन विमानस्थलमा हातहतियार सहित एकजना नेपाली पक्राउ

काठमाडौं । मुलुककै एकमात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हातहतियार सहित एकजना नेपाली नागरिक पक्राउ परेका छन । विमानस्थलको आन्तरिक विमान सेवा संचालन हुने डोमेस्टिक टर्मिनलमा ९ एमएमको पेस्तोल ५० थान गोलीसहित सोमबार बिमानस्थलमा पक्राउ गरिएको हो ।

पक्राउमा पर्नेमा झापा मेचीनगरपालिका २ का बद्रीहाङ राई रहेका प्रहरीले जानकारी दिएको छ । श्री एअरलाइन्सको जहाजबाट भद्रपुर जान लागेको अवस्थामा राईलाई सुरक्षा कर्मचारीले चेकजाँच गर्ने क्रममा बिमानस्थल प्रहरीले पक्राउ गरेको हो । घटनाबारे थप विवरण आउन भने बाँकी छ ।

भर्खरै

लोकप्रिय