लहानका राजेश शारडाले करोडौँ राजश्व छलेको आशंका

सिरहा । सिरहाको प्रमुख ब्यापारिक केन्द्र लहानका शंकास्पद सुनचाँदी ब्यवसायी राजेश शारडाले करोडौँ राजश्व छल्दै आएको भन्दै राजश्व अनुशन्धान बिभागको केन्द्रिय कार्यालयमा उजुरी परेको छ ।
दैनिक २५ लाख बढिको कारोबार गर्दै आएका उनले नक्कली अडिट रिपोर्ट पेश गरेर करोडौ राजश्व छल्दै आएको भन्दै तत्काल छानबिन गरी शारडा बिरूद्व कानुनी कारबाही अगाडी बढाउन माग गरिएको छ ।
राजश्व अनुसन्धान बिभागको केन्द्रीय कार्यालयले सिरहाको लहानस्थित राजेश शारडाको महालक्ष्मि ज्वेलर्शमाथि अनुशन्धान अघि बढाउन माग गरिएको हो ।
राजश्व अनुशन्धान बिभागमा लहानको महालक्ष्मि ज्वेलर्शले राजश्व छलि गरेको भन्दै उजुरी परेको छ,–राजश्व बिभागका एक अधिकृतले दैनिक समाजलाई बताए । लहानस्थित राजश्व कार्यालयमा बर्सेनि बुझाउने उनको सुन पसलको कारोबार लगभग शून्य देखिन्छ ।
राजश्व कार्यालय छेउको माहालक्ष्मी ज्वेलर्स लहानका संचालक राजेश शारडा तस्करीको सुन खुलेआम बिक्री वितरण गरिरहेका पनि उजुरीमा उल्लेख गरिएको कार्यालय स्रोतले बतायो । उनको कारोबारप्रति राज्य तैँ चुप , मैचुप छ । ‘राजेशको लूटमा राज्यको मौनता उदेक लाग्दो छ–एक सुन ब्यवसायी भन्छन् ।
लहान बजारमा सुनको दैनिक मागअनुसारको आधिकारिक आपूर्ति आधा पनि नहुँदा राजेशको ९९ प्रतिशत अवैध सुन आपूर्ति हुने समाचार स्रोतको भनाई छ । कसरी रु तस्करीको माध्याम र नेपाली कामदारले खाडी मुलुकबाट भित्र्याएको सुन सिधै राजेशकोमा पुग्छ । बैदेशिक रोजगारमा जाने गरिबका छोराछोरीलाई राजेश घरजग्गा आफन्तका नाममा पास गरेर लगानी गर्छन् । बैदेशिक रोजगारीमा जानेलाई ऋण दिदै आएका राजेश रोजगारीबाट फर्किनेहरूसँग बदलामा सुन लिन्छन् । बैंकबाट आपूर्ति हुने सुनभन्दा धेरैसस्तो पर्ने खाडीबाट ल्याइएको सुन राजेशकोमा सिक्रि, सुन, ब्रास्लेट जस्ता गहनाका रूपमा छिर्छ । गहनाहरू पगालेर ढिक्का बनाईन्छ । त्यसपछि उनिहरूको घरजग्गा फिर्ता हुन्छ । शर्तअनुसार उताबाट सुन नल्याईए घरजग्गा कोल्याप्स गरिन्छ । त्यसोत, राजेश विरूद्व दर्जन भन्दा बढी मिटर ब्याजी पीडितले उजुरी दिएका छन् ।
लहान देशको प्रमुखमध्ये एक अर्को सुनचाँदी बजार हो । यहाँ करिब ५० वटा सुनचाँदी पसल छन् । जिल्लामा हुने सुनको कुल खपतको पचास प्रतिशत लहानबाटै हुन्छ । उच्च स्रोतका अनुसार बैंकमार्फत आउने २ किलो सुनले यहाँको बजारको माग पूर्ति गर्न सक्दैन । माग धान्न बिदेशको सुन नै सहारा हो ।
बताईएअनुसार , २ किलो सुन मध्ये करिब आधा किलो सुन माहालक्ष्मी ज्वेलर्सका संचालक राजेश शारडाले नै किन्छन्, जब कि माहालक्ष्मी ज्वेलर्सको खपत एक महिनामा करिब ५ किलो हुन्छ । जिल्लामै सबै भन्दा बढी सुन बिक्रि वितरण हुन्छ माहालक्ष्मी ज्वेलर्सबाट । बैंकबाट आपूर्ति हुने सुनभन्दा सस्तो पाइने र रेकर्ड पनि नहुने भएकाले कर छल्न सजिलो हुने हुँदा खाडीबाट ल्याइएको सुनका वितरक राजेशको महालक्ष्मि ज्वेलर्शनै यहाँका व्यापारीको पहिलो रोजाइमा पर्छ । वैध बाटो ९बैंक० बाट आउने सुनको तुलनामा खाडीबाट आउने सुन सस्तो हुने भएकाले व्यवसायी महालक्ष्मि मार्फत खरिदबिक्रीमा संलग्न छन्।
नेपाल लुट्दै , भारतमा सम्पती लुकाउँदै
यसैबिच महालक्ष्मि ज्वेलर्शका सञ्चालक राजेशले भारतको कलकत्तामा अरवौँ सम्पती लुकाएको उनी निकट स्रोतले बताएको छ । शम्पती शुद्विकरण बिभागले उनले अबैध कारोबारबाट आर्जन गरेको सम्पती नियन्त्रणमा लिएर राजेश शारडालाई कार्बाही गर्नुपर्ने माग पहिल्यैदेखि उठ्दै आएको थियो ।
लहानमा सुन पशल भएको घर र केही कित्ता घडेरी खरिद गरेका उनले कलकत्तामा अरवौँको जग्गा जमिन जोडेको स्रोतको दावी छ ।
शम्पती शुद्विकरण आयोगले राजेशको सम्पती छानविन गर्नुपर्ने माग बढेको छ । अकुत कमाएर गुफा बसेका मौन राजेशसँग यस बिषयमा प्रतिकृया लिन खोज्दा सम्पर्कमा आएनन् ।
प्रतिकृया दिनुहोस्