जेठमा चुनाव सार्नु उपयुक्त हुने डा. अधिकारीको सुझाव
काठमाडौँ । फागनु २१ गतेका लागि तय गरिएको चुनाव सारेर २०८३ जेठ महिनाको पहिलो हप्तामा गर्नुपर्ने सुझाव प्राज्ञिक क्षेत्रबाट आएको छ । काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख प्रा.डा. निर्मलमणि अधिकारीले २०८२ फागुनमै चुनाव गर्नु उपयुक्त नभएकाले चुनाव सार्नका लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका छन् ।
‘चुनाव हुनुपर्छ तर चुनाव मात्रै एउटा मात्र विकल्प होइन,’डा. अधिकारीले भने,‘चुनाव हुनुभन्दा पहिल्यै समाधान गर्नुपर्ने धेरैवटा मुद्दाहरू छन् । समस्या समाधान सहित चुनाव गर्ने हो, फगत् चुनावका लागि चुनाव मात्रै गर्ने होइन ।
चुनाव केही समय सारेर गर्दा पनि हुन्छ।’ चुनाव सार्नुपर्ने कारणहरुमा अधिकारीले जेनजीका कतिपय अपरिहार्य माग चुनावभन्दा पहिले सम्बोधन गरिनुपर्ने किसिमका रहेको र त्यसका लागि पर्याप्त समय चाहिने, चुनावको तयारी नपुगेको, फागुनमा हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुने र चुनाव अगावै हुनुपर्ने पार्टीहरूका महाधिवेशनका लागि पनि समय चाहिएको उल्लेख गरेका छन् । सुरक्षा निकायको मनोबल स्थापित हुनका लागि पनि केही समय दिनुपर्ने उनको तर्क छ ।
कामना सेवा विकास बैंकको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
उक्त अवधिसम्म बैंकले १९ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात ८६.३५ प्रतिशत र निष्क्रिय कर्जा अनुपात (ल्एी) ४.४१ प्रतिशत रहेको छ । यसै अवधिसम्म बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
हालसालै बैंकले नेपालको बैंकिङ इतिहासमै नयाँ प्रोडक्ट ‘डोरस्टेप बैंकिङ’ सार्वजनिक गरेको थियो, जसअन्तर्गत ग्राहकहरूले घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।


प्रतिकृया दिनुहोस्