सेञ्चुरी बैंकको नयाँ बचत खाता योजना

सेञ्चुरी बैंकको नयाँ बचत खाता योजना

 

काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता योजनाको शुभारम्भ गरेको छ । रु.१,०००÷– न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५०% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । यसखातामा अन्य बचत खातामा भन्दा १% बढि ब्याज भुतmानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटिएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्चब्याजदर प्राप्तगर्न इच्छुक ग्राहकहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता खोल्न सकिने सुबिधा बैंकले उपलब्ध गराएको छ । खाता खोल्नका लागि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

 

लोकप्रिय