त्रिभुवन विमानस्थलबाट तीन किलो बराबरकाे सुनका गरगहनासहित दुई जना पक्राउ

त्रिभुवन विमानस्थलबाट तीन किलो बराबरकाे सुनका गरगहनासहित दुई जना पक्राउ

काठमाडौं  भदाै २९ । नेपालकाे एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक ट्रमिनल क्षेत्रबाट तीन किलो बराबरकाे सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार उनीहरुलाई श्री एयरलाइन्सकाे बिमानबाट विराटनगर जान लागेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट तीन किलो तीन सय ६० ग्राम सुनका गरगहना बरामद भएको छ । गरगहना लिएर विराटनगर जना लागेका कैलाालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सो सुन बरामद गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुबाट २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ बराबरका गरगहना बरामद भएको हो ।

लोकप्रिय