स्वार्थका लागि खेल्न नखोज्न एमाले नेताहरुलाई ओलीको चेतावनी

स्वार्थका लागि खेल्न नखोज्न एमाले नेताहरुलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले व्याक्तिगत स्वार्थका लागि खेल्न नखोज्न सम्पूर्ण पार्टीका नेताहरुलाई चेतावनी दिएका छन् ।

एमाले निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सूरू भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले मुलुकमा अरू पार्टी भन्दा बढि बलियो, व्यापक र अग्लो रहेको बताएका छन् ।

उनले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरू लागेपनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिलासँगलाई धन्यवाद समेत दिए । एमालेमा आवद्ध महिलाहरूको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रूपमा रहन सकेको ओलीको भनाई थियो ।

‘नेकपा एमाले फेरी पनि जुरूक्क उठेको छ । अरूभन्दा अलि बलियो, अरूभन्दा अघि ब्यापक, अरू भन्दा अघि अग्लो त्यस रूपमा एमाले उभिएको छ । यो योगदानका लागि म महिला दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु । यसमा महिलाहरूको निष्ठाले काम गरेको छ ।’ उनले भने ।

अध्यक्ष ओलीले अखिल नेपाल महिला संघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दोहो¥याए । त्यस अवसरमा उनले पार्टी भित्र गुटबन्दी नगर्न पनि निर्देशन दिए । एमाले भित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए ।

‘आजको एमाले भित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि स्वार्थका लागि यसो गु्रप बनाएझैं । खेल्न खोजे झैं त्यस्तो खालको नगर्नुहोला,’ उनले भने, ‘एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं। यसमा तलमाथि हुँदैन ।’

लोकप्रिय