April 20, 2021, Tuesday
२०७८ बैशाख ७

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट सम्पन्न: १० लाख ७१ हजार ५१५ जनाको खालि

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट सम्पन्न: १० लाख ७१ हजार ५१५ जनाको खालि

काठमाडाैँ-चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज माघ ९ गते, शुक्रबार बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकमा बाँडफाँट गरिएको छ।
अर्थात भाग्यमानी दुई जनाले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

कम्पनीको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

त्यस मध्ये ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् भने १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन् ।

कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो ।

त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।

बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरेको हो।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन्। बाँकी १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ।

भर्खरै

लोकप्रिय