April 20, 2021, Tuesday
२०७८ बैशाख ७

नेपाल लाइफले आकर्षक बोनस प्रस्ताव गर्दै छ, बन्ने हाेइन त सेयरधनी ?

नेपाल लाइफले आकर्षक बोनस  प्रस्ताव गर्दै छ, बन्ने हाेइन त सेयरधनी ?

काठमाडौं-नेपाल लाइफ इन्सुरेन्सले दिने प्रतिफल ५१ % लाभांश सुरक्षित गर्ने मंगलबार माघ १३ गते अन्तिम दिन हो । यसआधारमा आज सोमबारसहित अब २ दिन मात्र समय बाँकी रहेको छ । यसले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । नेपाल लाइफले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले ३१% बोनस सेयर र करसहित २०% नगद गरी कुल ५१% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

यस्तै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । यता, नेपाल लाइफले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी(स्प्लीट) प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिसेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ ।

अर्थात् यसअघि कम्पनीले आइपीओ जारी गर्दा प्रतिकित्ता (फेस भ्यालू)१०० रुपैयाँ कायम गरेकामा त्यसलाई घटाएर अब फेस भ्यालू प्रतिकित्ता ५० रुपैयाँ बराबर बनाउन लागिएको हो । यस प्रस्तावलाई साधाण सभाबाट पारित गरी नियामकबाट पनि अनुमति लिनुपर्ने हुन्छ ।

साधारण सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे सुरु हुनेछ । माघ १३ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् ।

भर्खरै

लोकप्रिय