April 20, 2021, Tuesday
२०७८ बैशाख ७

निफ्राको जवाफले शेरयधनी झन उत्साहित

निफ्राको जवाफले शेरयधनी झन उत्साहित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकर बैंक (निफ्रा)ले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लाई दिएको जवाफबाट शेयरधनीहरु उत्साहित बनेका छन ।
बैंकल बण्ड जारी गर्ने विषय सहि भएको र यसको थप प्रक्रिया बढिरहेको भन्दै जवाफ फर्काएको छ ।
३० मिलियन डलरको बण्ड जारी गर्ने विषयमा नेप्सेले स्पष्टिकरण सोधेको थियो । बैंकले चैत ८ गते यस्तो जवाफ दिएको हो ।

३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको भन्दै बैंकले सो सम्बन्धमा सम्बन्धित नियमनकारी निकायबाट पनि सहमति तथा स्वीकृति लिइसकेको बताएको । साथै, यसलाई अन्तिम रुप दिनको लागि चाहिने थप सहमति तथा स्वीकृतिहरु छिटो भन्दा छिटो तोकिएको व्याजदरमा बण्ड जारी गर्ने निफ्राले जानकारी गराएको छ ।

लगानीकर्तालाई लाभांशको दिने विषय के हो भन्ने नेप्सेको प्रश्नमा बैंकले लगानीकर्तालाई ८ प्रतिशत लाभांश वितरण गर्ने कम्पनीको प्रक्षेपण रहेको जानकारी गराएको छ । आईपीओ जारी गर्ने क्रममा प्रकाशित गरेको विवरणपत्रमा आर्थिक वर्ष २०७७-७८ मा बैंकले ८ प्रतिशत लाभांश वितरण गर्ने उल्लेख गरेको थियो ।

यस्तो छ बैंकको जवाफ:

nifra_nepse

भर्खरै

लोकप्रिय