April 20, 2021, Tuesday
२०७८ बैशाख ७

चैत २० गतेदेखि रुरु जलुविद्युत् परियोजनाले आइपिओ निष्काशन गर्ने

चैत २० गतेदेखि रुरु जलुविद्युत् परियोजनाले आइपिओ निष्काशन गर्ने

काठमाडौं – रुरु जलविद्युत आयोजनाले चैत २० गते शुक्रवार देखि शेयर निष्कासन हुने छ।
रुरु जलुविद्युत्क म्पनीले चैत २० गतेदेखि १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर निष्काशन गर्ने भएको छ ।
रुरु जलविद्युत परियोजनाले आफ्नो कुल चुक्ता पुँजीको १० प्रतिशत हुन आउने ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्कासन गर्दै छ।जसमध्ये आठ हजार एक सय ५४ कर्मचारी र २० हजार तीन सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।
बाँकी तीन लाख ७९ हजार एक सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपिओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्ने छ । रुरु जलविद्युतको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस कम्पनीले बिक्रि प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटललाई दिएको छ।

भर्खरै

लोकप्रिय