April 20, 2021, Tuesday
२०७८ बैशाख ७

बुधबार नेप्से परिसूचक कति अंकले बढ्यो ?

बुधबार नेप्से परिसूचक कति अंकले बढ्यो ?

काठमाडौं – आज (बुधबार) नेप्से परिसूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा पुगेको छ ।

हिजो (मंगलबार) २५२८ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.०६ अंकले बढेर ४५५.९५ विन्दुमा पुगेको हो ।

आज २०८ कम्पनीको ७२ हजार ९ सय ५७ पटक कारोबार भएर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँ बराबरको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

आज हाइड्रोपावर उपसमूहको बाहेक १२ उपसमूहको शेयरमुल्य सर्वाधिक गरेका छन् ।

सबैभन्दा धेरै व्यापार समूहको ९.४ प्रतिशतले परिसुचक बढेर ३८१ रुपैयाँ ११ पैसा प्रतिशेयर मुल्य कायम भएको छ ।
नेप्सेको अनुसार आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६५ करोड १५ लाख भन्दा धेरैको कारोबार भएको छ ।

बैंकको आज ५८१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । त्यस्तै अपर तामाकोशीको ४१ करोड ५७ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको प्रतिशेयर मुल्य ७७२ रुपैयाँ कायम गरेको छ ।

भर्खरै

लोकप्रिय