April 20, 2021, Tuesday
२०७८ बैशाख ७

नेपाल टेलिकमले शेयरधनीको खातामा आजदेखी नगद लाभाशं जम्मा गर्दै

नेपाल टेलिकमले शेयरधनीको खातामा आजदेखी नगद लाभाशं जम्मा गर्दै

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आज सोमवाट नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाउने लागेको छ ।
उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरणका लागि घोषणा गरेको प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुको खातामा जम्मा गर्न लागेको हो ।

गएको चैत १३ गते सम्पन्न कम्पनीको १३ औँ वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला बन्द भएको मितिसम्ममा हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गरेका शेयरधनीहरुको खातामा नगद जम्मा गर्न लागेको हो ।

भर्खरै

लोकप्रिय