April 20, 2021, Tuesday
२०७८ बैशाख ७

आज नेप्से कति अंकले घट्यो ? ९१ लाख कित्ता सेयर किनबेच

आज नेप्से कति अंकले घट्यो ? ९१ लाख कित्ता सेयर किनबेच

काठमाडौं – आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।
साताको दोस्रो दिन सोमबार नेप्से ५.४५ अंकले घटेर २५४३,५२ बिन्दुमा पुगेको हो । हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहमा १,०७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी सोमबार ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज दिनभर भएका ६४ हजार ५१५ कारोबारबाट २०९ कम्पनीका ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी नेपाल इन्‍फ्रास्ट्रक्चर बैंकको सेयर कारोबार भएको छ । बैंकको ४४ करोड ३१ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । त्यसैगरी, क्रमशस् अपर तामाकोशी र चन्द्रागिरि हिल्सका सेयर कारोबार भएको छ ।

भर्खरै

लोकप्रिय