April 20, 2021, Tuesday
२०७८ बैशाख ७

आज कतिले घटयो सुनको मूल्य ?

आज कतिले घटयो सुनको मूल्य ?

काठमाडौं – आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आईतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको हो ।
आज छापावाला सुनको प्रतितोला मुल्य ८७ हजार २ सयले निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन आजका लागि ८६ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घट्दै एक हजार २३५ मा कारोबार भइरहेको छ।

भर्खरै

लोकप्रिय