बाघले आक्रमण गर्दा एकजना गम्भीर घाइते

बाघले आक्रमण गर्दा एकजना गम्भीर घाइते

काठमाडौँ । बर्दियाको बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । भारतीय नागरिक ४५ वर्षीय अनिल शर्मा घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाई सोमबार बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए ।

लोकप्रिय