May 6, 2021, Thursday
२०७८ बैशाख २३

प्रि ओपन सेसन : साढे २४ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन : साढे २४ अंक बढ्यो नेप्से

काठमाडौं – आज (आईतबार) प्रि ओपन सेसन नेप्से परिसूचक साढे २४ अंकले बढेको छ।
गत सातको अन्तिम अर्थात गत बिहीबार २०.६१ अंक बढेर २७३५.४० विन्दुमा बन्द भएको नेप्से, आज आईतबारको दिन प्रि ओपन सेसन नेप्से २४.५१ अंक बढेर २७५९.९० विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.८५ अंक बढेको छ।

आजको दिन प्रि ओपन सेसनमा ६५ कम्पनीको ३ करोड १९ लाख ५ हजार २८७ रुपैयाँ बराबरको कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४७ कम्पनीको शेयरमूल्य बढेको छ, भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ९ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

भर्खरै

लोकप्रिय