May 6, 2021, Thursday
२०७८ बैशाख २३

प्रि-ओपन सेसनमा १० अंक बढ्यो नेप्से

प्रि-ओपन सेसनमा १० अंक बढ्यो नेप्से

काठमाडौं – आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक १०.२१ अंकले बढेको छ ।

प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.३८ प्रतिशतले बढ्दै २६७४.८२ विन्दुमा पुगेको छ ।
आज बुधबारको दिन सेसनमा ४९ कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने १४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रि-ओपन सेसनमा २३ हजार ९९१ कित्ताको किनबेचमा १ करोड ४७ लाख ३५ हजार ८३४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

भर्खरै

लोकप्रिय