April 20, 2021, Tuesday
२०७८ बैशाख ७

राष्ट्र बैंकले पायो पहिलो महिला डेपुटी गभर्नर

राष्ट्र बैंकले पायो पहिलो महिला डेपुटी गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंककले पहिलो महिला डेपुटी गभर्नर पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाइलाई डेपुटी गभर्नर नियुक्त गरेको हो । मुलुकको केन्द्रीय बैंकको दोस्रो ठूलो पद डेपुटी गभर्नरमा ढुंगाना मिश्र नियुक्त भएका छन् । डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन भने मिश्र विदेशी विनियम विभागका कार्यकारी निर्देशक हुन ।
पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद आगामी १९ फागुनमा सकिएको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ । राष्ट्र बैंकमा रहेका १७ जना कार्यकारी निर्देशकमध्ये ६ जनालाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो ।
ढुंगाना २०५४ सालमा नेपाल राष्ट्र बैंकमा गरेकी हुन । सहायक निर्देशक पदबाट राष्ट्र बैंकमा प्रवेश गरेकी ढुंगाना अहिलेसम्म कुनै पनि परीक्षामा असफल नभएको बताइएको छ ।

भर्खरै

लोकप्रिय