एसिया कपको लागि १७ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

एसिया कपको लागि १७ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्ने १७ सदस्य नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । एसिया कपको लागि नेपालले अन्तिम टोली घोषणा गर्न बाँकी छ । एसिया कपमा सबै टोलीले १७ खेलाडी पठाउने भएका छन् । त्यसैको कारण नेपालको पनि १७ सदस्य टोली पठाउने भएको छ ।

एसिया कप अगष्ट ३० देखी सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । समूह ए मा भारत, पाकिस्तान र नेपाल छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । पाकिस्तान र बंगलादेशले पनि १७ सदस्य टोली घोषणा गरेका छन् । यसअघि आइसिसी र एसिसीको प्रतियोगितामा एक टोलीमा १५ खेलाडी हुने गर्दथ्यो ।

नेपालले पहिलो खेल ३० अगष्टमा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल ४ सेप्टेम्बरमा श्रीलंकाको कान्डीमा भारतसँग खेल्ने हुनेछ । नेपाल शीर्ष दुईमा पर्न सके सुपर फोरमा पुग्नेछ । नेपालले पहिलो पटक एसिया कप खेल्दैछ ।

नेपाल एक महिना अघि श्रीलंकामा एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न गएको थियो । भारत र पाकिस्तान ए सँग पराजित हुँदा युएईको युवा टोलीलाई हराएको थियो ।

लोकप्रिय