April 20, 2021, Tuesday
२०७८ बैशाख ७

आज रातो मच्छिन्द्रनाथको रथारोहण त भयो तर रथ जात्रा संचालन गर्ने विषयमा अन्यौलता कायमै

आज रातो मच्छिन्द्रनाथको  रथारोहण त भयो तर रथ जात्रा संचालन गर्ने विषयमा अन्यौलता कायमै

ललितपुर-काठमाडौ उपत्यकाका नेवार समुदायमा ‘वर्षा र सहकालका’ देवता भनी मानिदै आएको रातो मच्छिन्द्रनाथ स्थानीय भाषामा बुँगद्यको परम्परिक विधि अनुसार रथारोहण भएको छ । शनिबार नागपञ्चमीका विशेष शुभसाइत हेरेर आज रथारोहण गरिएको हो। कोरोना महामारीका कारण यस अघि दुई पटक मिति निर्धारण भएर पनि रथारोहण हुन सकेको थिएन ।

रथारोहण समारोहमा अधिकतम २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भए पनि उल्लेख्य मात्रामा मानिसहरू यस अवसरमा सहभागी भएका छन्।

रथ निर्माण भएर तयार भईसकेर देवतालाई रथारोहण गर्ने विषयमा पटक पटक विवाद र अन्योलता भएकोमा अन्तमा ज्योतिषहरुले दिएको अन्तिम साइत भएको भनिएपछि दुई दिन अगाडी ललितपुरका मेयर चिरीबाबु महर्जन, गुथि संस्थानका प्रमुख, ज्यापू समाजका नायः, पांजुका नायःका साथै सदस्यहरु र जात्रा पर्व संचालनार्थ विभिन्न जिम्मेवारी वहन गर्ने बाराही खलः, यवां खलः, घःकू खलः का साथै जात्रा संग सरोकार व्यक्तिहरुको साथमा लामो छलफल भएको थियो ।

सोहि अनुरुप आज दिंउसो १२.५ देखि १२.२५ सम्मको शुभसाइतलाई अनुसरण गरी श्री रातो मछिन्द्रनाथलाई रथारोहण गरि सो कार्य सम्पन्न गरिएको हो । सम्बन्धितहरुले दिएको जानकारी अनुसार अब जात्रा संचालन भने भदौं १ गते पूर्ण रुपमा सबै राखिएको प्रतिबन्ध सकेपछि मात्रै हुने थाहा भएको छ ।

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो।

यो काठमाडौं उपत्यकाको सबभन्दा लामो रथजात्रा हो।

वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरू हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ।

यसअघि २०७२ सालमा भूकम्पका कारण तोकिएका मितिमा रथयात्रा भएको थिएन। वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरू हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरू गर्ने चलन छ।

भर्खरै

लोकप्रिय