April 20, 2021, Tuesday
२०७८ बैशाख ७

मन्दिरका पुजारीको गोली हानी निर्मम हत्या

मन्दिरका पुजारीको गोली हानी निर्मम हत्या

जनकपुरधाम– रौतहटमा एक मन्दिरका पुजारीको गोली हानी निर्मम हत्या गरिएको छ।

बुधबार राति रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारीका रुपमा कार्यरत ६५ वर्षीय श्रीराम साहलाई नजिकबाट टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।

मन्दिरको भान्सा कोठामा बसेर खाना खाइरहेको अवस्थामा करिब साढे ९ बजे अज्ञात ब्यक्तिले गोली हानी उनको हत्या गरेको रौतहटका प्रहरी उपरीक्षक रबिराज खड्काले जानकारी दिए।
गोली प्रहार गर्ने समुहको पहिचान नभएको र उनीहरु फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक महतोले बताए । गोली कस्ले र किन चलाएको भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।

शव पोष्टमार्टमका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रहरी उपरीक्षक खड्का सहितको टोली घटनास्थल पुगि अनुसन्धानमा जुटेको छ। घटनाबारे थप अनुसन्धान भोलि बिहानैबाट शुरु हुने उनले बताए।

भर्खरै

लोकप्रिय